तस्विर सिन्ह्वा

अन्तर्राष्ट्रिय

चीनद्वारा चारवटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

By खबरहब

December 25, 2023

चीन– चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ । 

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

क्वाइझोउ–१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ ।