फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अनौपचारिक सीमामा चीनले बेलुन उडायो : ताइवान

By खबरहब

December 25, 2023

ताइपेई- ताइवानले ताइवान स्ट्रेटमा रहेको अनौपचारिक सीमामा चीनले बेलुन उडाएको जनाएको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान स्ट्रेट पार गर्दै गर्दा उक्त बेलुन पहिचान गरिएको थियो ।

त्यसबाहेक चीनले ८ वटा लडाकु विमान र ३ वटा नौसैनिक युद्धपोत पनि स्ट्रेटमा परिचालन गरेको मन्त्रालयले जनाएको छ । ताइवानी सुरक्षा फौजले पछिल्लो विकसित घटनाक्रमको निगरानी गरिरहेको र आवश्यक परे जवाफ दिइने मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ताइवानमा निर्वाचन आउन लागेका बेलामा पछिल्लो समय ताइवानमाथि चीनले धम्की एवम् सैन्य उत्तेजना बढाउन थालेको बताइन्छ । ताइवानमा आगामी जनवरीमा निर्वाचन हुँदैछ ।