खेलकुद

रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

By खबरहब

January 26, 2023

काठमाडौँ – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम चारमा पुगेको छ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएर बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दबाबमा परेको सोसिडाडमाथि बार्सिलोनाका ओसुमाने डेम्बेलेले ५२ औं मिनेटमा निर्णायक गोल गरे।

अर्को खेलबाट ओसासुना पनि सेमिफाइनलमा पुगेको छ। उसले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारमा पुगेको हो।