फाइल फोटो

आर्थिक

सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम

By खबरहब

January 26, 2023

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

सुन आज प्रतितोला सात सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेसँगै नयाँ रेकर्ड कायम भएको हो।

हिजो प्रति तोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ।