ब्रेकिङ स्टोरी

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण (फोटो फिचर)

By खबरहब

January 26, 2023

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वसन्त श्रवण गरेका छन् ।

आज बिहान काठमाडौँको हनुमाढोकास्थित नासल चोकमा पुगेर राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंगका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यहरुले वसन्त श्रवण गरेका हुन् ।