समाचार

रामपुरमा राखियाे डिजिटल नागरिक वडापत्र

By खबरहब

January 26, 2023

रामपुर– पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालय परिसरमा बुधबार डिजिटल नागरिक वडापत्र जडान गरी राखिएको हो । नगरपालिका कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी र कहाँ लिने रु र यसका लागि आवश्यक कागजी प्रक्रियाबारेमा स्पष्टरूपमा वडापत्रमा उल्लेख छ ।

सेवाग्राहीलाई सजिलोसँग छिटोछरितो सेवा प्रदान गर्न प्रविधियुक्त सेवा दिन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए।  नगरभित्रका केही वडामा पनि डिजिटल नागरिक वडापत्र राखिएको र अन्य वडा कार्यालयमा पनि राखिने उनको भनाइ छ । 

रामपुर नगरलाई प्रविधिमय बनाउन र समयानुकूल भित्रिएका प्रविधिको उच्चतम् प्रयोग गरेर सेवा दिने उद्देश्यले कार्यालयमा डिजिटल प्रविधिसहितको वडापत्र तयार पारेर राखिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । 

प्रविधिको प्रयोगका कारण सेवाग्राही र सेवा दिने कर्मचारीलाई कामकाजमा धेरै सजिलो हुने भएको छ । नगरपालिकको वडा नं. ४, ५ र ६ मा पनि डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ ।