राजनीति

शिक्षा क्षेत्रको रूपान्तरणका लागि सबैसँग सहकार्य गरिने

By खबरहब

January 26, 2023

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताएका छन् । 

काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रूपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरूसँग छलफल र समन्वय गर्ने बताएका छन् । 

‘मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।’ उनले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४-५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।