राजनीति

समयमै काम सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

By खबरहब

January 26, 2023

भरतपुर– शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् । 

सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन’, मन्त्री पाण्डेले भने , ‘समस्या परेको खण्डमा सिधै हामीलाई भन्नुहोला ।’ 

उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रुपमा जानकारी लिएका थिए । सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए ।