ब्रेकिङ स्टोरी

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु

By खबरहब

January 26, 2023

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् ।

नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुने छ ।