खेलकुद

आर्सनलसँग लेस्टर सिटी १-० ले पराजित

By खबरहब

February 26, 2023

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले जित निकालेको छ।

गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो। आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे।

यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने लेस्टर २४ अंक जोडेर १४औं स्थानमा रहेको छ।