समाचार

बुटवलका पत्रकार हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु

By खबरहब

February 26, 2023

रुपन्देही – पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेको उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ३७ वर्षीय हितङ्गाको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनका रूपमा कार्यरत उनी पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रुपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्र्दै आएका थिए।