समाचार

घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुर गम्भीर घाइते 

By खबरहब

February 26, 2023

भक्तपुर – काठमाडौँ महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् ।

सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साइटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाइ भएको ढुङ्गा र इट्टाको पर्खाल लड्दा पुरेको थियो।

घाइतेको उपचारको लागि नागरिक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।