सांकेतिक तस्बिर

अपराध

चितुवाको हड्डीजस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

By खबरहब

February 26, 2023

काठमाडौँ- डडेल्धुरा अमरगढी नगरपालिका ५ बागबजारबाट चितुवाको हड्डीजस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २६ वर्षीय राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका ७ बस्ने २७ वर्षीय वीरबहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।