राजनीति

झण्डै एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक डाकियो

By खबरहब

February 26, 2023

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।

यसअघि माघ २० लुम्बिनी प्रदेशसभाको बैठक गते बसेको थियो । आगमी बैठक झण्डै एक महिनापछि बस्न लागेको हो ।