फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रचण्डले धोका दिए : अध्यक्ष ओली

By खबरहब

February 26, 2023

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई पनि धोका दिएको आरोप लगाएका हुन् ।

आफूले ८० सिट हुँदापनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको ओलीको भनाइ छ । प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्दै आएको समेत बताए ।

‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकमा जानु ठूलो कुरा होइन,’ अध्यक्ष ओलीले भने ।