क्रिकेट

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, पेशी सोमबार

By खबरहब

February 26, 2023

काठमाडौँ- नाबालिगमाथि बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

नाबालिग बलात्कार मुद्दामा उच्च अदालतले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यसैगरी, लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

दुबै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा सुनुवाइ भएको थियो । इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेशी तोकेको छ ।