फाइल फोटो

देश/प्रदेश

पल शाहको मुद्दाको सुनुवाइ सकियो

By खबरहब

February 26, 2023

काठमाडौँ- कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउनसक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीको भीड लागेको छ ।

कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनहुँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।

यस आदेशबाट सफाई पाएको खण्डमा उनी डेढ वर्षपछि कारागारमुक्त हुनेछन्, पाएनन् भने थप डेढ वर्ष कारागारमा रहनुपर्ने छ ।