सांकेतिक तस्बिर

अपराध

१६ किलो चरेशसहित एक जना पक्राउ

By खबरहब

February 26, 2023

काठमाडौँ- कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् ।

घर्तीको घरमा चरेश लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासी गर्दा घर भित्र लुकाइछिपाइ राखेको १६ किलो लागूऔषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

उनीमाथि जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।