फाइल तस्वीर

राजनीति

राप्रपाका मन्त्रीको राजीनापछि खाली भएका मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

By खबरहब

February 26, 2023

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रवबहादुर प्रधान छन् ।