ब्रेकिङ स्टोरी

बालुवाटारमा ८ दलीय गठबन्धनको बैठक सुरु

By खबरहब

February 26, 2023

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको संयुक्त बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने दलहरुको उपस्थिति रहेको छ ।

सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरु सहभागी छन् ।

बैठकमा नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न माग गर्दै पत्र पठाएकोदेखि अन्य समसमायिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ ।