तस्वीर- एनडीटीभी

अन्तर्राष्ट्रिय

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो

By खबरहब

February 26, 2023

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् ।

अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार इजिप्टले २० तथा अर्जेन्टिनाले १५ वटा लडाकु विमान खरिद गर्ने चाहना व्यक्त गरेका छन् । यसबाहेक अमेरिका, अष्ट्रेलिया, इण्डोनेशिया, मलेशिया र फिलिपिन्सले पनि तेजस लडाकु विमान खरिद गर्न चासो देखाएको जनाइएको छ ।

सिंगल इन्जिन मल्टिरोल लडाकु विमानले उच्च जोखिम रहेको आकाशमा समेत उडान भर्न सक्ने भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।