अन्तर्राष्ट्रिय

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना सुरू

By खबरहब

February 26, 2023

एजेन्सी – नाइजेरियामा ऐतिहासिकरूपमा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको एक दिनपछि आइतबार मतगणना सुरू भएको छ । हिंसा, विलम्ब र प्राविधिक गडबडीका केही घटनाहरूको बाबजुद मतदान प्रायः शान्तिपूर्ण थियो, र नागरिकहरू मतगणना अवलोकन गर्न र मतपत्रहरूको ‘रक्षा’ गर्न धेरै स्थानहरूमा राति अबेरसम्म जाग्राम बसेका थिए ।

मत धाँधलीको इतिहास रहेको देशमा अनलाइनमा ढिलो गरी नतिजा अपलोड गर्नाले चुनावी धाँधलीको आशङ्का पनि व्यक्त गरिएका छन् ।

सुरक्षा र बढ्दो गरिबीका कारण दुई कार्यकालपछि पदबाट राजीनामा दिन लागेका राष्ट्रपति मोहम्मद बुहारीको उत्तराधिकारीका लागि शनिबार करिब नौ करोड मतदाताले मतदान गरेका छन् ।

चुनावमा लागोसका सत्तारुढ अल प्रोग्रेसिभ्स काङ्ग्रेस (एपीसी) का सत्तरी वर्षीय पूर्वगभर्नर बोला तिनुबु र पीपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का पूर्वउपाध्यक्ष तथा पुराना प्रतिद्वन्द्वी अतिकु अबुबकरसँग प्रतिस्पर्धा गर्दै छन् ।

तर सन् १९९९ मा सैन्य शासनको अन्त्यपछि पहिलो पटक तेस्रो पक्षका उम्मेदवार लेबर पार्टीका पिटर ओबीले एपीसी र पीडीपीको प्रभुत्वलाई परिवर्तनको अभियान सन्देश दिएर चुनौती दिएका छन्।

एक लाख ७६ हजारभन्दा बढी मतदान केन्द्रमा सम्पन्न नाइजेरियाको संसद्को दुई सदन नेसनल एसेम्ब्ली र सिनेटका लागि पनि मतदान भएको हो ।