फाइल तस्वीर

राजनीति

उपराष्ट्रपति बनेपछि यादव पहिलो पटक बारा जाँदै

By खबरहब

March 26, 2023

काठमाडौँ – उपराष्ट्रपति रामसहाप्रसाद यादव आज बारा जाने भएका छन् ।

३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक काठमाडौँ बाहिर जान लागेका हुन् ।

उनले आज बाराको महागढीमाईको दर्शन गर्ने र त्यसपछि गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

भोलि उनले बाराकै करैयामाइको दर्शन गर्ने र त्यसपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले पनि उपराष्ट्रपति यादवलाई सम्मान गर्ने कार्यक्रम छ ।

भोलिनै उनले कचोर्वास्थित आफ्नो निवासमा जाने र त्यसक्रममा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने तयारी गर्नुभएको छ । उनी पर्सि काठमाडौँ फर्कने कार्यतालिका छ ।