ब्रेकिङ स्टोरी

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिए

By खबरहब

March 26, 2023

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएका छन् ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना र जनमतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

एमालेका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी तथा जनमत पार्टीका सीके गुप्ताले आइतबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् ।