समाचार

थप १६ जनामा कोरोना संक्रमण

By खबरहब

March 26, 2023

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमण मुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४२ रहेको छ ।