सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा एक जना मृत फेला

By खबरहब

March 26, 2023

धनगढी- कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।