अपराध

सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद

By खबरहब

March 26, 2023

काठमाडौँ- सशस्त्र प्रहरीले सर्लाहीमा १ सय ७७ किलो गाँजा बरामद गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाध ईलाकाबाट खटिएको प्रहरी टोलीले २० वटा पोकामा रहेको करीब १ सय ८८ किलो ९ सय ग्राम गाँजा बरामद गरेको हो ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेका व्यक्तिले उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीलाई देख्नासाथै सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।