फाइल फोटो

देश/प्रदेश

कञ्चनपुरमा झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद

By खबरहब

March 26, 2023

काठमाडौँ- कञ्चनपुर प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ ।

आइतबार विशेष सूचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो ।

सलाई, अस्तर कपडा, नरिवलको धुलो र प्लाष्टिक झिल्ली गरी करिब एक लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।