तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ : साउदी विदेशमन्त्री

By खबरहब

March 26, 2023

काठमाडौँ- साउदी अरबका विदेशमन्त्री फरहान अल साउदले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले भारतसँगको द्विपक्षीय सम्बन्ध पछिल्लो समय द्रुत गतिमा अगाडि बढेको समेत बताए ।

विशेषगरी आर्थिक र व्यापारिक सम्बन्धका क्षेत्रमा अझै ठूलो सम्भावना रहेको उल्लेख गर्दै यसका लागि थप प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी युवराज मोहम्मद बिन सलमानबीच बलियो सम्बन्ध रहेको उल्लेख गर्दै उनले दुवै नेताले दुई देशबीचको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए ।

केही समयअघिमात्र साउदी विदेशमन्त्री अल साउद जी २० का विदेशमन्त्रीको सम्मेलनमा भाग लिन भारतको भ्रमणमा आएका थिए ।