फाइल फोटो

राजनीति

‘उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’

By खबरहब

April 26, 2023

काठमाडौँ – प्रतिनिधि सभा उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा पराजित भए पछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डर बनाएर खटाएको थियो । तर दुवै क्षेत्रमा कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।