फाइल फोटो

राजनीति

सीके राउतले दिए उपेन्द्र यादवलाई बधाई 

By खबरहब

April 26, 2023

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ बाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ वाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् ।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.- २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भनेका छन्, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु  हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहे ।