तस्वीर : रोयटर्स

खेलकुद

जिरोनाका कास्टेलानोस चम्किदा रियल म्याड्रिड पराजित 

By खबरहब

April 26, 2023

काठमाडौं – स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ ।

भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको वर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप अर्को गोल गरेर पहिलो हाफको सुरुवातीमा नै जिरोनालाई २–० को अग्रता दिलाउन सफल भए ।

खेलको ३४औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याई दिए । पहिलो हाफमा खेल २–१ को अवस्थामा रहन पुग्यो । दोस्रो हाफको सुरुमा नै कास्टेलानोसले पुन: तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेर जिरोनालाई ३–१ को अग्रता दिलाए । साथै, ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोलको मद्दतले जिरोना ४–१ को अग्रता लिन सफल भयो ।

८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे । खेल अन्ततः ४–२ मा टुंगिन पुग्यो ।