ब्रेकिङ स्टोरी

वामदेव गौतमविरुद्ध परेको रिटको सुनुवाइ आज हुने

By खबरहब

April 26, 2023

काठमाडौँ – पूर्व मन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर रिटको बुधबार सुनुवाइ हुने भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।

भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकिर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्।