फाइल फोटो

राजनीति

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

By खबरहब

April 26, 2023

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरीक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

यसैगरी बैठकले युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए ।