देश/प्रदेश

थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु 

By खबरहब

April 26, 2023

 काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना सङ्क्रमितको  मृत्‍यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलेशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

त्यसैगरी बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।