सांकेतिक तस्बिर

देश/प्रदेश

भक्तपुरको जंगलमा एक पुरुषको शव फेला

By खबरहब

April 26, 2023

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेबी सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४०-४५ वर्षका पुरुषको शव झुण्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो ।

शरीरको भाग भने सडेको अवस्थामा भुँइमा भेटिएको छ। घाँटीको भाग सडेर चुँडिएपछि भुँइमा खसेको हुनसक्ने आशंका गरिएको छ ।