सांकेतिक तस्बिर

देश/प्रदेश

नक्कली परीक्षार्थी पक्राउ

By खबरहब

April 26, 2023

काठमाडौँ- काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो । उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।