फाइल तस्वीर

ब्रेकिङ स्टोरी

एमालेले आज र भोलि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

By खबरहब

May 26, 2023

काठमाडौँ – नेकपा एमालले स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिने भएको छ।

स्थानीय तहको बजेट निर्माण गर्ने समयमा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो।

पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागले आयोजनामा गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी करीब चार सयजनाको सहभागिता रहने छ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा विहान साढे १० बजे सुरु हुने उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइनेछ ।