ब्रेकिङ स्टोरी

एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध  

By खबरहब

May 26, 2023

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

सवा १२ बजेपछि सुरु भएको बैठक आरम्भ भएको जानकारी सभामुख देवराज घिमिरेले गराए लगत्तै एमालेका सांसदहरु उभिएर विरोध जनाएका हुन्।

नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद लेखनाथ दाहालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिनाथको सुनको जलहरीको नाममा पितलको जलारी चढाएर भ्रष्टाचार गरेको बताएको भन्दै त्यसबारे छानबिनको माग गर्दै बैठक अवरोध गरेको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सभामुखले उक्त विषयमा जवाफ दिन रुलिङ नगरी बैठक अघि बढाउन खोजे वेल घेर्ने चेतावनी दिएका छन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यो विषय नटुग्याएसम्म बैठक नचल्ने बताएका छन्।