अन्तर्राष्ट्रिय

चर्चामा अमेरिकी राष्ट्रिय च्याम्पियनसिप

By मनोज घिमिरे

June 26, 2023

केलेब ड्रेसेलको पुनरागमन, सिमोन मानुएलको अनुपस्थिति र टोरी हस्कको उत्कृष्ट प्रदर्शनको अपेक्षाका साथ मंगलबारदेखि अमेरिकी राष्ट्रिय च्याम्पियनसिप आयोजना हुँदैछ। पछिल्लो समय लियोन मर्चान्ड, समर म्याककन्टोस, एरियन टिटमस र केली म्याककोनको अस्वाभाविक फर्मका कारण अमेरिकालाई आसन्न च्याम्पियनसीप अत्यन्त कठिन देखिएको छ। यसै राष्ट्रिय च्याम्पियनसिपबाट विश्व च्याम्पियनसिप, जुनियर विश्व च्याम्पियनसिप, पान अमेरिकी खेलकुद, विश्वविद्यालय खेलकुद, यु-२३ लेन च्याम्पियनसिपका लागि टोली छनोट हुनेछ।

यस च्याम्पियनसिपमा हस्कका अलावा, हन्टर आर्मस्ट्रङ, रेगन स्मिथ, कार्सटन फोस्टरको र सेन कासासको फर्मलाई धेरैले प्रतीक्षा गरेका छन्।

इन्डियाना पोलीसमा हुने यस च्याम्पियनसिपले अस्ट्रेलिया र क्यानडाका उत्कृष्ट महिला स्प्रीन्ट पौडीबाजलाई कसरी चुनौती दिने छन् भन्ने पनि प्रस्ट छ। यस च्याम्पियनसिपमा हस्कका अलावा, हन्टर आर्मस्ट्रङ, रेगन स्मिथ, कार्सटन फोस्टरको र सेन कासासको फर्मलाई धेरैले प्रतीक्षा गरेका छन्। यस विश्व च्याम्पियनसिप पछि नै सुरु हुने ओलम्पिक साइकलका कारण पनि धेरैको चासो बढेको हो। विगतका इतिहास हेर्दा ओलम्पिक वर्ष भन्दा अघिल्लो वर्ष अमेरिकाकाको पौडी धेरै कमजोर भएको पनि थियो।

सन् २०१५ मा रुसको काजानमा भएको विश्व च्याम्पियनसिपको समयमा अमेरिकी पौडी सबै भन्दा क्षतविक्षत भएको अवस्थामा थियो। त्यसको एक वर्षपछि नै ब्राजिलको रियो द जेनरियोमा भएको ओलम्पिकमा भने अमेरिका ३२ मध्येका १६ स्वर्ण पदक जित्न सफल भएको थियो।

कासर्टन फोस्टर दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय र चार सय मिटर व्यक्तिगत मेड्ली दुई सय मिटर बटरफ्लाई तथा दुई सय मिटर फ्रिस्टाइलमा छनोटका लागि प्रयास गर्ने छन्।

योक्रम सन् २०२१ को टोकियो ओलम्पिकमा आइपुग्दा एकदमै खराब अवस्थामा पुगेको थियो।सन् २०१९ को विश्व च्याम्पियनसिपबाट छाएकी रेगन स्मिथको आत्मविश्वासमा कोभिड-१९ ले यसरी प्रभावित पारेको थियो की उनले २०२१ सम्ममा आफ्नो लय गुमाइसकेकी थिइन्। सन् २०२३ मा आइपुग्दा उनी विगतको भन्दा उत्कृष्ट फर्ममा आएकी छिन। उनी एक सय मिटर र २ सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर बटरफ्लाई तथा तथा दुई सय मिटर व्यक्तिगत मेड्लीमा प्रबल दाबेदारको रूपमा रहेकी छिन्। विश्व च्याम्पियनसिपमा भने उनको स्पर्धा ब्याकस्ट्रोकका दुवै स्पर्धामा अस्ट्रेलियाकी पौडीबाज म्याककोन तथा बटरफ्लाईमा क्यानडाका समर म्याकन्टोससँग हुनेछ।

अमेरिकी ट्रायलमा सबैको चासो रहेका सेन कासासले दुई सय मिटर ब्याकस्ट्रोक, १ सय मिटर बटरफ्लाई, दुई सय मिटर व्यक्तिगत मेड्ली र एक सय मिटर ब्याकस्ट्रोकमा आफूलाई उत्कृष्ट साबित गर्ने छन्। यसैगरी कासर्टन फोस्टर दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय र चार सय मिटर व्यक्तिगत मेड्ली दुई सय मिटर बटरफ्लाई तथा दुई सय मिटर फ्रिस्टाइलमा छनोटका लागि प्रयास गर्ने छन्।

त्यसो त महिलातर्फ सबैभन्दा धेरै प्रतिस्पर्धा गर्ने खेलाडीको सूचीमा क्लारी कुर्जान छन्। तर पछिल्लो पटक प्राय धेरै स्पर्धामा उनलाई कठिन मानिएको छ। एक सय मिटर ब्याकस्ट्रोकमा रेगन स्मिथ भन्दा पछि रहँदै कुर्जान छनोट हुने अनुमान गरिएको छ भने १ सय मिटर बटरफ्लाइमा उनी हस्क भन्दापछि रहँदै छनोट हुने अनुमान गरिएको छ। दुई सय मिटर ब्याकस्ट्रोकमा दोस्रो स्थानका लागि उनको प्रतिस्पर्धा फुबी बाकनसँग हुनेछ। एक सय मिटर फ्रिस्टाइलमा उनी रिले टोलीमा छनोट हुने धेरैको आङ्कलन छ।

अमेरिकी राष्ट्रिय च्याम्पियनसिपको छनोट यस कारण पनि महत्त्वका साथ हेरिएको छ। माइकल फ्लेप्सका प्रशिक्षक बब उम्यान यस वर्ष त्यत्तिकै छाएका छन्। उनीसँग प्रशिक्षण गरिरहेका अमेरिकी खेलाडीको प्रदर्शन प्रति सबैको चासो हो।

५० मिटर फ्रिस्टाइलमा पनि उनी बलियो दाबेदार हुन्। यस पटक युवा खेलाडी थोसम हेलम्यान, डानीयल हिल, एरियन ग्रेमेल र म्याक्सीमम विलिम्सन हेर्न लायक हुनेछन्।

सबै भन्दा धेरै स्पर्धामा प्रतिस्पर्धा गर्ने खेलाडी केटी डगलस पनि छन्। एक सय मिटर बटरफ्लाइमा हस्क भन्दा पछि रहँदै दोस्रो स्थानका उनको प्रतिस्पर्धा कुर्जानसँग हुन्छ। उनी १ सय मिटर रिले टोलीमा छनोट हुने आङ्कलन गरिएको छ। ५० मिटर फ्रिस्टाइलमा उनी पनि दाबेदार मध्यकै एक हुने छिन्। दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा उनी छनोट हुने सम्भावना प्रबल छ। दुई सय मिटर व्यक्तिगत मेड्लीमा एलेक्स वाल्स, रेगन स्मिथ, डगलस र लियो हायसको चौपक्षीय प्रतिस्पर्धा हुने प्रस्ट देखिएको छ।

अमेरिकी राष्ट्रिय च्याम्पियनसिपको छनोट यस कारण पनि महत्त्वका साथ हेरिएको छ। माइकल फ्लेप्सका प्रशिक्षक बब उम्यान यस वर्ष त्यत्तिकै छाएका छन्। उनीसँग प्रशिक्षण गरिरहेका अमेरिकी खेलाडीको प्रदर्शन प्रति सबैको चासो हो।

गत वर्षदेखि फ्रान्सेली खेलाडी मार्चन्डलाई प्रशिक्षण दिएर स्टार खेलाडीको रूपमा स्थापित गराएका उनले यस वर्ष रेगन स्मिथलाई पनि प्रशिक्षण गराएका छन्। उनले यी दुवै खेलाडीलाई अर्को वर्ष आयोजना हुने ओलम्पिकमा सुपर स्टार बनाउने योजना बुनेका छन्।

विश्व च्याम्पियनसिप मध्ये पक्कै पनि एथलेटिक्स र पौडीको विश्व च्याम्पियनसिपको महत्त्व पक्कै छ। सायद अमेरिकी राष्ट्रिय च्याम्पियनसिप र यसले तयार गर्ने टोलीप्रति संसारको नै चासो बढ्ने छ।

सन् २०१९ को विश्व जुनियर च्याम्पियनसिपमा सनसनी फैलाएकी ग्लेचन वाल्स त्यसपछिका सयमा कमजोर अवस्थामा रहेकी थिइन। यस वर्ष उनी पनि लयमा छिन्। उनको प्रदर्शन यस अमेरिकी राष्ट्रिय च्याम्पियनसिपको महत्त्वपूर्ण र हेर्न लायक विषय हुनेछ।

राष्ट्रिय च्याम्पियनसिपमा केही खराब पाटा पनि छन्। छनोट र विश्व च्याम्पियनसिपको मिति नजिकै रहेका कारण यस समयलाई धेरैले आलोचना गरेका छन्। विश्व च्याम्पियनसिप जापानको फुकाओकामा १४ देखि ३० जुलाइको बिचमा हुनेछ।

यस वर्ष हुने धेरै खेलका विश्व च्याम्पियनसिप मध्ये पक्कै पनि एथलेटिक्स र पौडीको विश्व च्याम्पियनसिपको महत्त्व पक्कै छ। सायद अमेरिकी राष्ट्रिय च्याम्पियनसिप र यसले तयार गर्ने टोलीप्रति संसारको नै चासो बढ्ने छ। स्रोतः स्वीमस्वाम, स्विमिङ वर्ल्ड म्यागेजिन