फाइल तस्वीर

देश/प्रदेश

सुनको जलहरीमा अनियमितता नभएको अख्तियारको प्रारम्भिक निष्कर्ष

By खबरहब

June 26, 2023

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्ष निकालेको छ ।

नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको अख्तियार स्रोतले जनाएको छ । जलहरी जोखेर त्यसको प्रतिवेदन अख्तियारमा पठाइएको छ । 

आइतबार, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोष र चारवटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सुनको परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।