ब्रेकिङ स्टोरी

बालेनविरुद्धको निवेदनमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा

By खबरहब

June 26, 2023

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलनासम्बन्धी निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो । 

अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना हुनेगरि बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । उक्त निवेदनमाथिको आइतबार र सोमबार दुवै दिनको सुनवाइ हेर्न नभ्याइनेमा परेको हो । 

हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतको आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ ।