सांकेतिक तस्बिर

अपराध

लागूऔषधसहित धनगढीबाट तीन जना पक्राउ

By खबरहब

June 26, 2023

धनगढी– कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘ए’ गाउँमा दुर्गेश्वरी मासु पसलबाट लागूऔष १ ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही ठाउँका पसल सञ्चालक ३५ वर्षीय शेर बहादुर भण्डारी र सोही ठाउँ बस्ने २७ वर्षीय राकेश भट्ट हुन् ।

 जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले पसलमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।