अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीलाई इजिप्टमा सर्वोच्च नागरिक सम्मान

By खबरहब

June 26, 2023

कायरो- इजिप्ट भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘अर्डर अफ द नाइल’ ले सम्मान गरिएको छ । प्रधानमन्त्री मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ द नाइल’ बाट सम्मान गरेको हो ।

राष्ट्रपति अब्दुल फताह अल सिसीले प्रधानमन्त्री मोदीलाई सम्मान प्रदान गरेका हुन् । इजिप्टको सर्वोच्च नागरिक सम्मान मानिने अर्डर अफ नाइल विश्व शान्तिका लागि उल्लेखनीय सेवा गर्ने राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई प्रदान गरिन्छ ।

प्रधानमन्त्री मोदीले ट्विटरमार्फत् आफूले यस सम्मान स्वीकार गरेको उल्लेख गरेका छन् । आफूलाई सम्मान गरेकोमा उनले इजिप्टलाई धन्यवाद पनि दिएका छन् ।

अमेरिका भ्रमण सकेर प्रधानमन्त्री मोदीले इजिप्टको भ्रमण गरेका हुन् ।