अन्तर्राष्ट्रिय

युद्धले विक्षिप्त यमन

By मनोज घिमिरे

July 26, 2023

यमनी सहर तीयाज पहाड र विद्रोही हाउथी लडाकुबाट घेरिएको छ। त्यो सहरको तियाजको अल रसिद सडकमा त्रास छ। त्यसको नजिकै घर भएका केही युवा छन्, जसका लागि युद्ध सम्झिएर बसेर मात्र जीवन निर्वाह सम्भव छैन। त्यहाँको युद्धको त्रासदीबाट भाग्न पनि सम्भव छैन।

सडकमा एउटा बच्चा भेटिन्छ। उसको कपाल घुमाउरो र जिङरिङ्ङ परेको छ। उसको नजिकै खाल्डा छन्। उसको हिँड्ने सहारा वैशाखी हो। बादर अल हर्बी सात वर्षका भए। यमनको गृह युद्धको समय भन्दा उनी केही कान्छा हुन्। उनको दायाँ गोडाको घुँडा भन्दामाथि काटिएको छ। टिसर्टमा ‘स्पोर्ट’ लेखिएको छ।

बादरको विद्यालय जाने चाहना तीव्र छ। तर खुट्टा काटिएका कारण यो सम्भव छैन। बाबुको अर्को समस्या छ। छोरा हिँडेर विद्यालय जान सक्दैनन्। सवारी साधनमा पठाउन उनमा आर्थिक समस्या छ।

आफ्नो घरभन्दा पर एउटा ब्लकमा उनी अडेसा लागेर बसेका छन्। उनको अर्को गोडामा पनि जुत्ता छैन। उनको दाइ नजिकै बसेर उनको दुःख हेरेर बसेका छन्। उनले दायाँ गोडा चोट लागेर गुमाएका मात्र होइनन्, बढी औला पनि काटिएको छ। कुनै पनि वस्तु समाउन खोज्दा उनको हातले नै समस्या उत्पन्न गराउँछ।

उनका बाबुले बताए अनुसार गत वर्षको अक्टोबरको बिहान विद्यालय जाने क्रममा हाउथीले गरेको गोलाबारीले उनी घाइते भएका थिए। बाबु अल हाब्री नासेरले बताए अनुसार त्यसपछि उनी विद्यालय गएका छैनन्। ‘सबै कुरा फेरिएको छ,’ बाबुको गुनासो छ। घाइते भएपछि उनी अन्य बच्चासँग खेल्न पनि पाएका छैनन्। यसै कारण उनमा मानसिक समस्या उत्पन्न भएको छ। भाइको अवस्था देखेर दुःखी भएका हसिम त अझै उसको विद्यालय जान इच्छा भएको बताउँछन्।

बादरको विद्यालय जाने चाहना तीव्र छ। तर खुट्टा काटिएका कारण यो सम्भव छैन। बाबुको अर्को समस्या छ। छोरा हिँडेर विद्यालय जान सक्दैनन्। सवारी साधनमा पठाउन उनमा आर्थिक समस्या छ। ‘यसरी जिन्दगी बिताउनु भन्दा त मर्नु ठिक हो। मर्नु कि बाच्नु ठिक भन्ने सोचाइमा जिन्दगी बिताउन बाध्य भएका छौं,’ बाबुको दुखेसो छ।

उनका बाबुले बताए अनुसार गत वर्षको अक्टोबरको बिहान विद्यालय जाने क्रममा हाउथीले गरेको गोलाबारीले उनी घाइते भएका थिए। बाबु अल हाब्री नासेरले बताए अनुसार त्यसपछि उनी विद्यालय गएका छैनन्।

गृह युद्धअघि बढ्दै जाँदा स्थानीय लडाकु जत्थाले विपक्षी समूहलाई साथ दिइरहेका छन्। यमनको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारलाई सुन्नी साउदी अरेबियाले साथ दिएको छ। इरानको सिया समूहले हाउथीलाई साथ दिएको छ। हाउथीको सो समूहलाई अन्सर अल्लाह भनिन्छ।

सन् २०१४ मा हाउथीले राजधानी साना कब्जा गरेको थियो। पछि उनीहरूलाई साउदी अरेबियाको सहयोगमा आक्रमण सुरु गरियो। यसमा बेलायत र अमेरिकाको पनि साथ थियो। साउदी अरेबियाले तत्काल सानालाई फिर्ता गर्ने बताए पनि आठ वर्ष बित्ती सकेका छन्। हजारौँ आक्रमण भएका छन्। हाउथीलाई राजधानीबाट हटाउन साउदी अरेबिया असफल भएको छ। यसै आक्रमण र डरलाग्दो अवस्थामा बादर, ताइज र हसिमले जीवन अघि बढाइरहेका छन्। ‘मैले विस्फोटको आवाज सने,’ वादरले भने‘ उनीहरू हत्यारा हुन्। उनीहरूले केही चिज गर्न बाँकी राख्दैनन्। मलाई समय समयमा मेरो अगाडि केही पड्कीरहेको तथा हाम्रो घर नै विस्फोट भइरहेको आभास हुन्छ।’

गृह युद्धअघि बढ्दै जाँदा स्थानीय लडाकु जत्थाले विपक्षी समूहलाई साथ दिइरहेका छन्। यमनको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारलाई सुन्नी साउदी अरेबियाले साथ दिएको छ। इरानको सिया समूहले हाउथीलाई साथ दिएको छ।

त्यहाँसँगै अर्को बच्चाको त्यस्तै दयनीय अवस्था देखिन्छ। पहेँलो टिसर्टमा सजिएका तीन वर्षका अमिर शान्त छन्। उनको गोडाको स्थानमा कृत्रिम अङ्ग छ। बाबु सरिफ अल अम्रीले उनलाई उभिन सहयोग गरेका छन्। समय समयमा निधारमा चुम्बन गर्दै मलिन अनुहारसहित छोरा च्यापेर बसेका छन्। बादर र हसिम आक्रमणमा परेकै दिन केही घण्टापछि अमिरमाथि आक्रमण भएको हो। सडक पारी छिमेकीको घरमा बसीरहेको समयमा विस्फोट भएको थियो। सो आक्रमणमा दुई काकाको साथमा काकाको छोराको पनि ज्यान गएको थियो।

अस्पताल नपुगेसम्म उनले काकाको मात्र याद गर्दै थिए। उनीहरूकै बारेमा मात्र सोधी रहन्थे। ‘मेरो काकालाई के भयो ? मेरो भाइहरूलाई के भयो ?’ उनले सोध्ने यो दुई प्रमुख प्रश्न थिए। पछि आफ्नो गोडा नै नभएको थाहा भएपछि उनको मन सारै रोएको थियो।

बादर र हसिम आक्रमणमा परेकै दिन केही घण्टापछि अमिरमाथि आक्रमण भएको हो। सडक पारी छिमेकीको घरमा बसीरहेको समयमा विस्फोट भएको थियो। सो आक्रमणमा दुई काकाको साथमा काकाको छोराको पनि ज्यान गएको थियो।

सडकमा रहेका हरेक घरमा त्रास फैलिरहेको छ। यी मध्ये सबै भन्दा डरमा बाच्ने मुनिर नै हुन्। चार बच्चाका बाबु उनको घरको अगाडि नै आगो दन्की रहेको हुन्छ। हाउथीका बन्दुकधारी उनकै घर अगाडि उभिरहेका हुन्छन्। सायद २० देखि ३० मिटरको दुरीमा उनीहरू त्यहाँ रहने गरेका छन्। बन्दुकधारी हत्यारा उनकै घर अगाडि पनि छन्। भ्यालबाट यस्ता सबै दृश्य देखिन्छ। तर ढोका खोलेर बाहिर गएपछि उनको पनि ज्यान जाने खतरा रहन्छ।

तीयाजमा बस्ने सबैको एउटै पीडा छ। कुन दिन विस्फोट हुने र कसको ज्यान जाने हो कुनै टुङ्गो छैन। सबै एक दिन शान्ति आउने आसमा भगवान् पुकारेर बसेका छन्।

मुनिरका जेठा छोरा १४ वर्षीय मोहम्मद ह्वीलचेयरमा जीवन बिताइ रहेका छन्। विद्यालयमा विस्फोट हुँदा उनका सबै साथीहरू भागेका थिए। उनी पछाडि छाडिए। अहिले उनलाई आफ्नो मात्र चिन्ता छैन। परिवारको समेत चिन्ता छ। केही गरेर घरमा पनि विस्फोट भएमा परिवार नै कहाँ जाने होला भन्ने चिन्ताले उनलाई सताएको छ।

तीयाजमा बस्ने सबैको एउटै पीडा छ। कुन दिन विस्फोट हुने र कसको ज्यान जाने हो कुनै टुङ्गो छैन। सबै एक दिन शान्ति आउने आसमा भगवान् पुकारेर बसेका छन्।

तीन हजार भन्दा बढी दिन तीयाज घेराबन्दीमा परिसकेको छ, यो हाउथी समूह र सरकारी सेनाको बीचमा लडाइँको मुख्य भूमि बनेको छ। एक चिकित्सकले दिएको जानकारी अनुसार विस्फोटमा परी अंगभग भएका १ सय भन्दा बढीको उनले उपचार गरिसकेका छन्।

धेरै जना बच्चाको हाउथीले गराएको विस्फोटमा परी ज्यान गएको छ। हवाई आक्रमणमा परेर पनि धेरैको ज्यान गइरहेको छ। युद्धको सुरुवाती दिनमा सरकारले धेरैको ज्यान लिएको थियो भने अहिले हाउथीले धेरैको ज्यान लिने गरेका छन्।

सधैँ युद्धमा रुमल्लिएको दुखद इतिहास भएको यमनमा यस भन्दा पहिले अफगानिस्तानको भड्काउमा दक्षिणी भागमा छुट्टै राज्यको माग गर्दै पृथकतावादी आन्दोलन भएको थियो।

६ महिना अघि संयुक्त राष्ट्र संघले युद्ध विरामको घोषणा गरेपछि पहिलेको जस्तो अशान्त छैन। परन्तु पूर्ण रूपमा शान्त पनि छैन। साउदी अरेबिया र इरानको बीचमा पनि वार्ता भएको छ। साउदी अरेबिया र हाउथीको वार्ता भएको छ। देशका युद्धरत दुई पक्षका बिचमा भने अझ वार्ता हुन सकेको छैन।

सधैँ युद्धमा रुमल्लिएको दुखद इतिहास भएको यमनमा यस भन्दा पहिले अफगानिस्तानको भड्काउमा दक्षिणी भागमा छुट्टै राज्यको माग गर्दै पृथकतावादी आन्दोलन भएको थियो।

सोही क्रममा भएको गृहयुद्ध सन् १९६७ देखि १९९० सम्म चलेको थियो। अहिले यमन भोक, रोग र गरिबीको मारमा छ। त्यहाँ अहिलेको अवस्थाबाट बाहिर निस्कन अझ धेरै वर्ष कुनु पर्नेछ। स्रोतः बीबीसी