फोटो फिचर

लघुवित्तपीडितको आन्दोलन जारी (फोटोफिचर)

By खबरहब

July 26, 2023

काठमाडौं– लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद् भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । 

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेश्वरस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो । 

घेरा तोडेर संसद् भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् ।