देश/प्रदेश

कपिलवस्तुमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

By खबरहब

July 26, 2023

काठमाडौँ- कपिलवस्तुमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका १ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।