ब्रेकिङ स्टोरी

सुन तस्करीबारे रास्वपाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

By खबरहब

July 26, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रास्वपाले बुधबार दिउँसो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । 

प्रस्तावको डोलप्रसाद अर्याल, सन्तोष परियारसहित १६ जना रहेका छन् भने समर्थकमा रवि लामिछाने, स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ र सोविता गौतम रहेकी छन् । 

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसद्‍मा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

अघिल्लो बुधबार १०० किलो सुन बरामद भएपछि रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएको हो ।