अन्तर्राष्ट्रिय

मेडागास्करमा भागदौडमा परी १२ को मृत्यु

By खबरहब

August 26, 2023

काठमाडौँ– अफ्रिकी देश मेडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ । मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

भागदौडमा परी घाइते भएका ८० जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो ।

कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो ।