सांकेतिक तस्बिर

देश/प्रदेश

बाग्मती किनारमा एक महिलाको शव फेला

By खबरहब

August 26, 2023

रौतहट– बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्म पहिचान खुलेको छैन ।

गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोस्टपार्टमका लागि गौर अस्पताल लगिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।